एमाले अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा पुर्जा

म्याग्दी । नेकपा एमाले अन्नपुणर् गाउँपालिका कमिटीको अध्यक्षमा धनकुमार पुर्जा चयन हुनुभएको छ । पोखरेबगरमा मंगलबार भएको प्रथम पालिका अधिवेशनबाट पुर्जाको नेतृत्वमा ४५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा खमबहादुर गर्वुजा, सचिवमा गंगा पुन, उपसचिवमा राजाराम बरुवाल र सुरेश पुन चयन भएको जिल्ला सचिव बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

एमाले म्याग्दीले सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । एमाले बेनी नगर अध्यक्षमा नारायण जिसी, गाउँपालिका अन्तरगत रघुगंगामा दिपक काकी, मालिकामा बेगप्रसाद गर्वुजा, मंगलामा सतप्रसाद रोका, धवलागिरीमा होमबहादुर थापा अध्यक्षमा सर्वसम्मत हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार