एमसीसीबारे पठाइएको पत्र सार्वजनिक गर्न भीम रावलको माग

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष डा।भीम रावलले विश्वजलवायु सम्मेलनमा सहभागी भएर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे दिएको अभिव्यक्तिप्रति आलोचना गर्नुभएको छ।

प्रधानमन्त्री देउवाले बेलायतबाट फर्किएलगत्तै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा संसदबाट एमसीसी पास गर्न आफू र सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड मिलेर पत्र पठाइसकेको बताउनुभएको थियो ।

प्रधानमन्त्रीको उक्त भनाइपछि एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै त्यसको आलोचना गर्नुभएको हो । “बेलायतमा जलवायु सम्मेलनमा भाग लिइ फर्किनासाथ प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउने भनी आफू र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो । राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस्।यस्तो विषयमा गोप्य पत्राचार देशघात हो । प्रचण्डको पत्र के हैसियतले पठाइयो रु” रावलले प्रश्न गर्नुभएको छ ।

एमसिसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले बेलायतमै भेट गर्दै एमसीसी पास नगरी संसद् अधिवेशन अन्त्य भएकोमा चासो राखेपछि आफूले यसबारे चिन्ता नलिन र एमसीसी पासका लागि आफू र प्रचण्डले पत्र पठाइसकेका छौँ भनेर जबाफ दिएको देउवाले सञ्चारकर्मीलाई सुनाउनुभएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार