
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अवस्थामा प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गर्नुभएकोछ। उहाँले प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको आरोप लगाउनुभयो।
‘न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी छ उहाँको इजलासबाट न्याय पाउन सक्दैनौँ,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो,‘ प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, उनीबाट न्याय पाउन सकिँदैन ।’ विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राजीनामा र महाभियोगका लागि पर्याप्त आधार तयार भइसकेको बताउनुभयो।
उहाँले प्रधानन्यायाधीशको अभिव्यक्तिले न्यायालयको चीरहरण भएको बताउनुभयो । ‘अब १९ जनाले न्यायाधीशले इन्क्वाइरी कमिटी बनाउनुहोस्,’ उहाँले भन्नुभयो ।अहिले न्यायाधीशहरू पनि आन्दोलनरत भएकाले के आधारमा आन्दोलनमा लागेको हो त्यसका सबै कारणहरू अब सार्वजनिक गर्नुपर्ने उहाँले बताउनुभयो । न्यायालयमा यस्तो हुँदा पनि सत्तागठबन्धन मौन बसेकोमा अब प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनविरुद्ध पनि आवाज उठाउनुपर्ने उहाँले बताउनुभयो। ekantipurबाट