बागलुङमा गुडिरहेको टिपरमा आगलागी

बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौरमा गुडिरहेको टिपरमा आगलागी भएको छ । मंगलबार साँझ इट्टा ल्याएर पोखराबाट बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँको भ्यूटावर तिर जाँदै गरेको लु १ ख ३५०५ नम्बरको टिपरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयबागलुङका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिनुभयो ।

प्रनाउ हवारीले आगलागीको कारण टिपरको अगाडीको भाग पूर्ण रुपमा जलेको बताउनुभयो । गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालक र सवार १ जनाले हामफालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । गुडिरहेको अवस्थामा टिपरको अगाडीको भागबाट धुँवा आएपछि साइड लगाएर आफुहरु हामफालेर ज्यान जोगाएको बताएको जिल्ला प्रहरी कार्यालय हवारीले बताउनुभयो । बागलुङ नगरपालिकाको दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण टिपरको इन्जिन रहेको अगाडीको भाग पूर्ण रुपमा जलेर नष्ट भएको प्रनाउ हवारीले बताउनुभयो । baglungpostबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार