नेपाली कांग्रेसको १४ औ महाधिवेशन : म्याग्दीमा प्रदेश सभा क्षेत्रीय र जिल्ला अधिवेशनको तयारी तिब्र

म्याग्दी। नेपाली काँग्रेस म्याग्दीको यही कात्तिक २७ गते तय भएको प्रदेश निर्बाचन क्षेत्रीय अधिवेशन र मंसिर १ गते हुने सातौ जिल्ला अधिवेशनको आवश्यक तयारी तिब्र पारिएको छ । मंगलबार बसेको जिल्ला कार्यसमिति लगायत निर्वाचन अधिकृतको बैठकले तोकिएकै मितिमा प्रदेश सभा क्षेत्रीय र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । अधिवेशनको लागि आवश्यक तयारीलाई तिब्रता दिइएको छ । अधिवेशन नजिकिदै गर्दा चहलपहल समेत बढेको छ ।यसअघि पटक पटक सर्दै आएको काँग्रेसको अधिवेशनको मिति तय भएसँगै आकांक्षी नेताहरुको सक्रियता र कार्यकर्ताको चहलपहल बढेको छ ।

जिल्ला सभापति पदका लागि वर्तमान सभापति खम्बिर गर्बुजा ‘खम्बिर’ र निवर्तमान सभापति तथा संबिधानसभा सदस्य रेशमबहादुर बानियाँ आकाँक्षी देखिनुभएको छ । सभापति गर्बुजाले पार्टीलाई बलियो र थप एकताबद्ध बनाउन सहमतिमा नेतृत्व चयन गर्न सबैलाई आह्वान गर्नुभएको छ । अधिवेशनलाई सहज रुपमा सम्पन्न गराउन सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

म्याग्दीका ६ वटा पालिका मध्ये चार वटामा सर्वसम्मत नेतृत्व चयन भएपनि बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको थियो ।काँग्रेसको केन्द्रीय निर्वाचन समितिले म्याग्दीमा अधिवेशन गराउन निरञ्जन राजभण्डारीलाई निर्वाचन अधिकृतको रुपमा खटाएको छ ।

प्रदेश सभा क्षेत्रीय अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि आन्तरिक छलफललाई समेत तिब्रता दिइएको जिल्लाका एक नेताले जानकारी दिनुभयो । ती नेताका अनुसार जिल्ला र प्रदेश सभा दुवैमा सहमतिमा नेतृत्व चयन गर्नका लागि उम्मेद्धारका आकांक्षी ,नेता तथा कार्यकर्ताहरु बिच छलफल भइरहेको छ ।प्रदेश र जिल्ला अधिवेशनको तोकिएसगै पार्टी सभापति गर्बुजा र निवर्तमान सभापति रेशमबहादुर बाँनिया प्यानलका नेता तथा कार्यकर्ताहरु विभिन्न पदको नेतृत्वका लागि छलफलमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार