पौडेलले बोलाएको बैठकमा प्रकाशमान सिंह नजाने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह नजाने हुनुभएको छ।

पौडेलले शुक्रबार दिउँसो आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाउनुभएको छ ।आइतबार बस्ने केन्द्रीय समिति बैठकमा आफ्नो समूहको साझा धारणा तय गर्न पौडेलले केन्द्रीय सदस्यहरुको बैठक बोलाउनुभएको थियो।

तर पौडेल समूहका प्रभावशाली नेता सिंह भने बैठकमा सहभागी नहुने उनीनिकट एक नेताले बताउनुभयो । सिंह काठमाडौंमै भएपनि फोन ‘स्वीच अफ’ गरेर बस्नुभएको छ । पौडेलले सम्वादका लागि निरन्तर पहल गर्दा पनि सिंह तयार छैनन् ।

कांग्रेसको १४ औं महाधिवेशनका लागि पौडेल समूहबाट चार जना नेतृत्वका आकांक्षी छन् । वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापति पदका आकांक्षी हुन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार