
काठमाडौँ । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायी (वकिल)हरू प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न भनी आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना बसेका छन् । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा भने वैकल्पिक गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।
दोस्रो चरणको आन्दोलनमा रहेका बार आबद्ध वकिलहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै केही सातादेखि आन्दोलन गरिरहेका छन् । बिहीबारदेखि उनीहरुले प्रधानन्यायाधीशलाई अदालत प्रवेश नै गर्न नदिने रणनीतिअनुसार मूल गेटमा धर्ना दिइरहेका छन् ।
तर प्रन्या जबरा भने एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र आफ्नो कार्यकक्षमा प्रवेश गरिसकेका हुन् । उक्त एक नम्बर गेटमा भने कानुन व्यवसायीहरुलाई निषेध गर्दै प्रहरीले धर्ना दिन रोक लगाएको छ । शुक्रबार पनि मूल गेटमा उनीहरुले धर्ना दिएका थिए भने प्रन्या जबरा वैकल्पिक गेटबाट भित्र छिरेका थिए । news24nepalबाट