‘प्रधानन्यायाधीश गुण्डाहरूका पनि नाइके रहेछन्’

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गुण्डाहरूको नाइके भएको अधिवक्ताहरुले बताउनुभएको छ । बारको सभालाई सम्बोधन गर्दै वकिलहरुले भने, ‘आज देखिहाल्नु भयो नि तपाईंहरूले प्रधानन्यायाधीश जबरा गुण्डाहरूको पनि नाइके रहेछन् । ‘

अधिवक्ता मेघराज पोखरेलले अब न्यायालयमा जारी आन्दोलन खुलाउनका लागि प्रधानन्यायाधीशको राजीनामा नै न्यूनतम शर्त भएको बताउनुभएको छ। ‘उहाँ बिचौलियाको नाइके हो भन्ने पुष्टि भएको छ । उहाँ गुण्डाहरुको नाइके भनेर पनि आज देखिएको छ,’ नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा धर्नापछि बार भवन परिसरमा गरेको विरोध सभामा बोल्दै अधिवक्ता पोखरेलले भन्नुभयो, ‘त्यसैले अब उहाँको राजीनामा नभएसम्म हाम्रो आन्दोलन रोकिदैन ।

उहाँको राजीनामानै न्युनतम शर्त हो, राजीनामाभन्दा बाहेक कुनैपनि शर्तमा अब हामी छोड्दैनौँ । उहाँ बिचौलियाको नाइके हो । उहाँले अब नेपालको न्यायालयको नेतृत्व गर्न मिल्दैन ।’उहाँले प्रधानन्यायाधीश जबराले वकिलहरुलाई पनि तर्साउन खोजेको बताउनुभयो । ‘वकिलहरुलाई भित्र छिर्न दिने अनि बाहिरबाट युवाहरु पठाएर तर्साउने, ‘ उहाँले भन्नुभयो।

आइतबार सर्वोच्च अदालत प्रवेश गर्ने मुख्य गेट अगाडि वकिलहरुले गरिरहेको प्रदर्शनमा युवाहरुले प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गरेका थिए । यस्तै,वरिष्ठ अधिवक्ता पोखरेलले संसद् विघटनको मुद्दामा पनि प्रधानन्यायाधीश जबराले राजनीतिक दलहरुसँग सौदाबाजी गर्दै न्यायको खरिदबिक्री गरेको बताउनुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार