केही दिन प्रचण्डको भेटघाट बन्द

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा क्रमिक सुधारपछि आज डिस्चार्ज हुनुभएको छ । आज थप केही चेकजाँच गरेपछि उहाँ डिस्चार्ज हुनुभएको हो ।

अस्पताल स्रोतका अनुसार, उहाँ १ बजे डिस्चार्ज हुनुभएको छ । उहाँको स्वास्थ्यमा सुधार देखिएपछि घरमै आराम गर्न सुझावसहित डिस्चार्ज गरिएको अस्पतालको भनाइ छ ।

चिकित्सकहरुले प्रचण्डलाई केही दिन कोहीसँग पनि भेटघाट नगर्न सुझाव दिएका छन् । उच्च ज्वरोपछि अस्पताल पुगेका प्रचण्डलाई मंसिर १ गतेसम्म आराम गर्न चिकित्सकले सुझाव दिएका हुन् ।

चिकित्सकले कुनै पनि सार्वजनिक कार्यक्रममा केही दिन सहभागी नहुन पनि सझाएका छन् । भेटघाट र कार्यक्रममा दौडधुप बढी भएपछि प्रचण्डलाई चिकित्सकले यस्तो सुझाव दिएको स्रोतको भनाइ छ । उहाँको हिजोदेखि ललितपुरस्थित मेडीसिटी अस्पतालमा उपचार भइरहेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार