न्यायाधीशहरुलाई पनि राजीनामा दिन वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको सुझाव

काठमाडौँ । पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौलाले नेपालको न्यायालय बचाउन न्यायाधीशहरूले पनि राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोशिएशनले सर्वोच्च अदालत परिसरमा सोमबार गरेको धर्नालाई सम्बोधन गर्दै हाई कोर्टका सबै न्यायाधीशहहरुलाई राजीनामा दिन सुझाव दिनुभएको छ ।

‘श्रीमानहरू जो यहाँ भित्र हुनुहुन्छ, तपाईहरु हाइकोर्टका सवै न्यायाधीश राजीनामा दिन तयार हुनुस् । राजीनामा दिनुहुन्‍न भने तपाईहरुलाई जागिरे बन्नुहुन्छ, न्यायाधीश बन्नुहुन्न ।’ उहाँले कानुन व्यवसायीहरुले अहिले गरिरहेको आन्दोलन संविधान बचाउन गरिएको पनि बताउनुभयो । उहाँले कानुन व्यवसायीहरुले गरिबको न्यायका लागि बोलिरहेको भन्दै त्यो आवाज लोकतन्त्रको समर्थनका लागि पनि भएको बताउनुभयो ।

‘लोकतन्त्रमा न्यायपालिका नबाँचे लोकतन्त्र पनि बाँच्दैन’, संग्रौलाको भनाइ छ । उहाँले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मर्यादामा आरोप लागेका कारण कुर्सी खाली गरिदिन आग्रह गर्नुभयो । संग्रौलाले राजीनामा नदिए भोलिको अवस्था कल्पना गर्न नसक्ने चेतावनी दिनुभयो। वरिष्ठ अधिवक्ता संग्रौलाले राजनीतिक पार्टीहरूलाई पनि बोल्न सुझाव दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार