मिहिनेत नगरी कमाउने र प्रवृति हुर्कियो : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिटर ब्याजीहरु अत्याचारी बनेर देखा परेको बताउनुभएको छ ।
भ्रातृ संगठन अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मिहिनेत गरेर कमाउने भन्दा दलाली र बिचौलिया प्रवृत्ति हुर्किदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

‘दलाल प्रवृत्ति हुर्किएको छ । मिहिनेत नै नगरिकन कमाउने प्रवृति, लुट्ने प्रवृति हुर्किएको र गहिरिंदै गएको पाइन्छ,’ अध्यक्ष नेपालले भन्नुभयो ‘अहिले मिटर ब्याजीहरु अत्यन्तै अत्याचारीको रुपमा देखा परेका छन् । दलाल नोकरशाहीको गठबन्धन पनि उस्तै छ । प्रशासन, प्रहरी र राजनीतिमा जोडिएर तीनै पक्षको गठबन्धन बनेर काम गरिरहेका छन् ।

गरिब किसानहरुको बिजोग बनाइरहेका छन् ।’उहाँले मिहिनेत गर्ने, आम्दानी बढाउने र आनन्दको जीवन विताउने किसानलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष नेपालले बढी आर्थिक उपार्जन हुने कृषि कर्ममा संलग्न हुन समेत आह्वान गर्नुभयो । कार्यक्रममा उहाँले एमाले हुँदा कायम रहेको किसान संगठनक अधिकांश नेताहरु अहिले महासंघमा रहेको बताउनुभयो । किसान महासंघका केही अवषेशको रुपमा मात्रै एमालेमा छन्’   उहाँले भन्नुभयो । ekantipur

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार