माओवादी नै परिवर्तनको संवाहक : मेयर दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज रेनु दाहालले माओवादी केन्द्र परिवर्तनको संवाहक भएको बताउनुभएको छ । १० वर्षे जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने मुख्य भूमिका माओवादी र यसको नेतृत्वले गरेको उहाँको भनाइ छ । उहाँले संघीयता ,धर्म निरपेक्षता,समावेशी समानुपातिक प्रणालीका साथै सबै बर्ग, क्षेत्र र समुदायको अधिकार माओवादी केन्द्रबाटै सम्भव भएको समेत जिकिर गर्नुभयो ।

नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नं २३ द्वारा आयोजित कार्यकर्ता भेटघाट, चियापान तथा पार्टी प्रबेश कार्यक्रम बोल्दै उहाँले यस्तो बताउनुभयो । उहाँले भरतपुर महानगरपालिकाले पूर्वाधार क्षेत्रका साथै शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि उल्लेखनीय कामहरू गरेको पनि बताउनुभयो। यस्तै स्वास्थ्य, पर्यटन, सामाजिक विकासका साथै सुशासन प्रवाह गर्न भरतपुर महानगरपालिका केन्द्रित भएको उहाँले बताउनुभयो ।

उनले नेपालको कम्यूनिष्ट आन्दोलनलाई एक ढिक्का बनाउन भएको एकतालाई केपी ओलीका कारण सम्भव हुन नसकेको पनि बताउनुभयो। कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र जिल्ला कमिटी चितवनका सदस्य रामलाल महतोले माओवादी पार्टीले लिएको सहि निती तथा कार्यक्रम,विकास र समृद्धिप्रति प्रतिबद्धताका कारण आम जनताको चासो माओवादी केन्द्रप्रति आकर्षित भएकोले पार्टी प्रवेशको लहर चलेको बताउनुभयो ।

कार्यक्रममा सन्तोष सुनार, फूलमायॉ बिक ,भिम बहादुर बिक ,सन्तोसी बिक ,भिम ब बिक ,बिष्णुमातॉ बिक ,रजनी बिक ,सनु बिक ,रत्न बिक ,कुसुमबिक ,मन्जु बिक ,मदु बिक ,सोनिया बिक , निलम अधिकारी ,रामेश्वर अधिकारी,देवेन्द्र श्रेष्ठ ,कृष्ण गुरुङ ,रामलाल महतो ,भुवन अधिकारी ,सुरेश थापामगर ,अभिसेक थापा, सागरबिक,सन्त कुमारी बिक ,हिरालाल सुनार ,सुकमायॉ अछामी, सुनिता बिक, भक्तबहादुर बिसंखे ,सरोज बिसंखे दिपक लम्साल ,दिल ब लम्साल ,रमा लम्साल ,टेक बहादुर लम्साल ,सुधा लम्साल अर्जुन सुर्खेती ,दुर्गा सुर्खेती, सबिना लम्साल ,कृष्ण बिक ,टेक ब बिक ,चुडामा बिक ,जोखबहादुर उपरकोटी ,हरी कु बिक हिरा ब सुनार इन्द्र बहादुर मिजार ,शेरबहादुर क्षेत्री ,राजेन्द्र बिक ,राजन थापा ,सुनिल बिक बम बहादुर सापकोटा, देउकला सुनार लगायत १ सय ८५ जना कार्यकर्ताहरू अन्य पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र प्रबेश गरेका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार