बन्दका कारण जनजिवन प्रभावित

म्याग्दी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको नेपाल बन्दका कारण मंगलबार म्याग्दीको जनजिवन प्रभावित बनेको छ । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधनहरु ठप्प छन भने बजार, शैक्षीक संस्थाहरु पनि पुर्णरुपमा बन्द छन । यातायातका साधन ठप्प हुँदा यात्रुहरुले सास्ती व्यहोरेका छन् । लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रुहरु विहानदेखि बसपार्कबाटै फर्कन बाध्य भएका छन् । बन्दको कारण शैक्षिक संस्थाहरु समेत प्रभावित बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार