राजेन्द्र महतोद्धारा प्रधानन्यायाधीशको राजीनामा माग

वीरगञ्ज । न्यायालय विवादमा मौन बसेका दलहरूले मुख खोल्न थालेका छन् ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेका छन् । वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो ।

न्यायालयमा भइरहेको आन्दोलनको जिम्मा प्रधानन्यायाधीश जबराले लिनुपर्ने भन्दै उनले न्यायालयको गरिमा बचाउन पनि तत्काल राजीनामा गर्न जबरालाई सुझाव दिनुभयो ।जबराले सेटिङमा फैसला गरेको आरोप लगाएका उहाँले बार र न्यायाधीशसमेत विरुद्धमा लागेपछि जबराले पदमा बस्न नहुने बताउनुभयो।

जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलनमा रहेका बेला सत्तारुढ र विपक्षी दलहरू भने मौन बस्दै आएका छन् । उनीहरू न्यायालयले नै यसको निकास खोज्नुपर्ने भन्दै बसिरहेका बेला पूर्वन्यायाधीशहरूले पत्रकार सम्मेलन नै गरेर जबरालाई महाअभियोग लगाउन माग गरिसकेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार