
काठमाडौँ । सर्वोच्च अदालतमा पत्रकारलाई रोक लगाइएको छ।कानुन व्यवसायीको धर्नाको रिपोर्टिङ गर्न गएका रिपोर्टरलाई सर्वोच्च अदालतभित्र छिर्न रोक लगाइएको हो।सर्वोच्च अदालतले आफैंले जारी गरेको प्रेस पास देखाउँदा समेत सर्वोच्चभित्र पत्रकारलाई छिर्न दिइएको छैन।
यसअघि बार एसोसिएसनको र सर्वोच्चको गेटबाट भित्र जान दिइएको थियो। तर आज भने प्रवेशमा रोक लगाइएको छ।मंगलबार बिहान साढे १० देखि १२ बजेसम्म सुरक्षा निकायले रोक लगाएको हो। सर्वोच्चमा पत्रकारलाई रोक्न नियत नभएको तर सुरक्षा अवस्थाका कारण रोकिएको सर्वोच्च प्रशासनका सहप्रवक्ता देवेन्द्र ढकालले बताउनुभयो।
‘पत्रकारलाई रोक्ने नीति छैन तर सुरक्षा अवस्था हेर्दै रोकिएको हो। पत्रकारलाई सर्वोच्चले रोकेको होइन।’सुरक्षा स्रोतले भने सर्वोच्च प्रशासनले नै कर्मचारीबाहेक अरूलाई १२ बजेसम्म प्रवेश रोक लगाउन भनिएको बताएको छ। ‘हामीलाई सर्वोच्च प्रशासनले नै कर्मचारीबाहेक अरू छिर्न नदिनु भनेर भनिएको थियो। हामीलाई जे आदेश आउँछ त्यही गर्ने हो’, स्रोतले भन्यो। सेतोपाटीबाट