गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट

मुगु । जिल्लाको गमगढी बजारमा सोमबार राति आगलागीबाट २१ वटा घर जलेका छन् । २१ वटा घर पूर्णरुपमा ध्वस्त भएको जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ ।

जिल्ला समन्वय समितिमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले आगलागीबाट २१ घर ध्वस्त भएको र पीडित परिवारलाई तत्काल गास बासको व्यवस्था गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो । जिल्लाका चार वटा स्थानीय तह, संघ–संस्था र उद्योग वाणिज्य संघको संयुक्त पहलमा उक्त निर्णय गरेको छ ।

सुरक्षाकर्मी र रेडक्रसको टोलीले आगलागीको क्षतिको विवरण संकलन गर्ने र प्रदेश र संघीय सरकारलाई पीडित परिवारजनलाई पुर्नबासको माग गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिनुभयो । सोमबार राति १२ बजेदेखि सल्केको आगो बिहान ६ बजेसम्ममात्र नियन्त्रणमा आएको थियो । आगलागीबाट रतनबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, ठिल्ले तामाङ, झोबा तामाङ, पृथ्वीजंग शाह, सकुन्तला शाही, पुतली शाही, असल मल्ल, टासी तामाङ, गुरु तामाङ, एङग्याल तामाङलगायत २१ जनाको पूर्णरुपमा खरानी भएको प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले बताउनुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार