
काठमाडौँ । सत्तारूढ गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्ने भएको छ। आज सिंहदरबारमा बैठक बस्ने भएको हो।संयोजक रामचन्द्र पौडेलले आज अपरान्ह ३ बजेका लागि बैठक बोलाएको उनका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले बताउनुभयो।
समसामयिक राजनीतिक घटनाक्रमबारे आज छलफल गर्ने तयारी छ। गठबन्धनमा रहेका पाँच दलबाट दुई–दुई जना र सरकारका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समन्वय समितिमा छन्। दुई–दुई महिनामा आलोपालो गरी समन्वय समितिको संयोजक परिवर्तन गर्ने सहमति छ। सेतोपाटीबाट