बारसँगको बैठकमा न्यायाधीशहरूले भने–जनतालाई न्यूनतम क्षति हुने गरी अघि बढौँ

काठमाडौँ । न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामाको प्रमुख मागसहित जारी आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहेको बताएका छन् । नेपाल बार एसोसिएसन र सर्वोच्च बारसँग मंगलबार भएको छलफलमा उनीहरुले बारको आन्दोलनमा आफूहरुको पूर्ण ऐक्यबद्धता रहेको बताएका हुन् ।

यस्तै आफूहरुले बेन्च बहिस्कारसहितका कार्यक्रम गरेर प्रधानन्यायाधीशलाई राजीनामा गर्न दवाव दिइरहेको भन्दै न्यायाधीशहरूले जनताको समस्यामा भने गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । अदालतमा सेवाग्राहीले सेवा पाउन नसकेको प्रति गम्भीर बन्नुपर्नेमा भन्दै उनीहरुले जनतालाई न्यूनतम क्षति हुने गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए । ‘बारको आन्दोलनमा हाम्रो ऐक्यबद्धता छँदैछ ।

हाम्रो पनि आफ्नो आन्दोलन छँदैछ । तर, जनताका प्रमुख विषयमा एकाकार भएर जाऔँ’, २ घण्टा बढी चलेको बैठकमा न्यायाधीशहरुको भनाइ थियो ।सो क्रममा न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग्ने, प्रधानन्यायाधीशले तोकेको पेसीमा नबस्ने, बेन्च सेयर पनि नगर्ने जस्ता विषयमा आफूहरु सहमत रहेको बताउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नै दिनुपर्ने धारणा राखेका थिए ।

बैठकमा फूलकोर्टको बैठक बोलाएर नियमावली संशोधन गरेर गोला सिस्टमबाट पेशी तोक्ने व्यवस्था गर्न पहल गर्ने विषयमा पनि छलफल भएको एक न्यायाधीशले बताए । बैठकमा प्रधानन्यायाधीश खोमातिरै लागेका भनिएका ५ न्यायाधीशको भने सहभागिता रहेको थिएन । सो बैठकपछि फेरि न्यायाधीश र नेपाल बार र सर्वोच्च बारका अधिकारीहरु छुट्टाछुट्टै छलफलमा रहेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार