आजदेखि प्रधानन्यायाधीशविरुद्ध बारका नयाँ आन्दोलनका कार्यक्रम

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एशोसियसनले आजदेखि थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । मंगलबार साँझ बसेको बारको बैठकले शुक्रबारसम्मका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

नयाँ घोषणा गरिएका कार्यक्रमहरु आजबाटै लागू हुनेछन ।यसअघि सर्वोच्च अदालतअगाडि धर्ना दिँदै आएको बारले यसलाई निरन्तरता दिने छ । बारको धर्नाका कारण पछिल्ला दुई दिन अदालत आउँदा प्रधानन्यायाधीश जबराले वैकल्पिक गेट प्रयोग गरेका थिए ।

सर्वोच्च अदालत परिसमा विरोध प्रदर्शन गरिरहेको बारले आजबाट देशका १८ वटै उच्च अदालतहरुमा समेत विरोध प्रदर्शन गर्ने भएको छ ।बारले प्रधानन्यायाधीश राणालाई शुक्रबारसम्म राजीनामा दिन यसअघि नै अल्टिमेटम पनि दिइसकेको छ । त्यसो त प्रधानन्यायाधीश जबराले यसअघि आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताइसकेका छन् । उनले आफ्नो राजीनामा अहिलेको समस्याको निकास नभएको जिकिर गर्दै आएका छन । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार