जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारको अल्टिमेटम

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । बुधबार बारको कार्यालय परिसरमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिनुभएको छ । उहाँले प्रधानन्यायाधीश जबाराको राजीनामा न्यायालय सुदृढिकरणका लागि भएको बताउनुभयो ।

प्रधान्यायाधीश जबराले जारी गरेको विज्ञप्ति आँखामा धुलो हाल्न ल्याइएको पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘न्याय किनबेच हुनुहुँदैन भनेर हामी आन्दोलनमा छौं । न्यायालयको शिर निहुरिइरहेको छ । वार्ताको नाममा आँखामा धुलो हाल्नका लागि विज्ञप्ति निकालेको छ,’ उहाँले भन्नुभयो। प्रधानन्यायाधीश जबरासँग व्यक्तिगत नभएर न्यायालयमा विकृति ल्याएकाले आन्दोलनित हुनुपरेको बताउनुभयो । जबराले सेवाग्राहीलाई सेवा पाउनबाट वञ्चित गरेको उहाँले आरोप लगाउनुभयो ।

यस्तै, अध्यक्ष श्रेष्ठले जबराले गरेका विवादस्पद फैसालबारे पनि बारले अध्ययन गर्ने बताउनुभयो । ‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेका फैसला नेपाल बारलाई दिन आह्वान गर्दछौं । उहाँले गरेका सबै विवादास्पद फैसलाबारे अब बारले अध्ययन गर्नेछ,’ उहाँले भन्नुभयो ।प्रधानन्यायाधीश जबराविरुद्धको तेस्रो चरणको आन्दोलन पनि सुरु भएको उहाँले बताउनुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार