पहिलो टी–२० भारत ५ विकेटले विजयी

काठमाडौँ । सूर्यकुमार यादवको अर्धशतकमा भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । योसँगै घरेलु टोली भारतले तीन टी–२० शृंखलामा १–० को अग्रता लिएको छ ।

जितका लागि १६५ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो । भारतको जितमा सूर्यले ४० बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रन बनाए । कप्तान रोहित शर्माले ४८ रन बनाउँदा ऋषभ पन्तले १७ रनको योगदान दिए ।न्युजिल्यान्डका बलर ट्रेन्ट बोल्टले २ विकेट लिए । टिम साउथी, मिचेल सान्टनर र डर्याल मिचेलले १–१ विकेट लिए ।

यसअघि जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।न्युजिल्यान्डका ओपनर ब्याटर मार्टिन गुप्टिलले सर्वाधिक ७० रन बनाए । मार्क च्यापम्यानले ६३ रनको योगदान दिए ।भारतका बर रविचन्द्रन आश्विन, भुवनेश्वर कुमारले २र२ विकेट लिए । दोस्रो खेल शुक्रबार हुने छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार