सर्वसम्मत नभएका पदमा कांग्रेसको मतदानबाट टुंगाउँदै

बेनी। नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा बिहिबार मतदान हुने भएको छ । जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत भएपनि उपसभापति र सचिव र जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नभएपछि मतदानबाट टुंगो लगाउने मतदान अधिकृतले जानकारी दिनुभएको छ ।

सहमतिका लागि बिहिबार बिहान ८ बजे सम्मको समय दिइएको निर्बाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले बताउनुभयो । सर्वसम्मत सहमति नभएका पदमा विहिबार ११ बजेदेखि जिसस सभाहलमा मतदान हुने जानकारी दिनुभयो । दुई जना उपसभापतिमा डमबहादुर पुन, हरिकुमार श्रेष्ठ, माधबप्रसाद रेग्मी, मिनबहादुर कार्की, कणर्बहादुर भण्डारी केबी र कमल छन्त्याल विच प्रतिस्पर्धा हुने छ ।

दुई जना सचिब पदमा भरत रकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुबेदी र हिराबहादुर पुन विचमा प्रतिस्पर्धा हुने छ । त्यस्तै दुई जना सहसचिबमा श्रीराम पौडेल, ध्रुबराज कार्की र कोमलप्रसाद उपाध्यायको उमेद्वारी परेको छ । १० जना खुल्ला महाधिबेशन प्रतिनिधीमा १९ जनाको मनोनयन दर्ता भएको छ। खसआर्य, आदिबासी जनजाती, दलित महिला लगायत पदमा मतदानबाट महाधिवेशन प्रतिनिधि छनोट हुने निर्वाचन समितिले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार