जबरा अस्ताउँदै गरेका घाम हुन् : सर्वोच्च बार अध्यक्ष शाक्य

काठमाडौँ । सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले विभिन्‍न बहानामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मान्यता दिने काम भए स्वीकार्य नहुने बताउनुभएको छ ।

उहाँले प्रधानन्यायाधीश संलग्‍न सबै इजलास बारले बाहिष्कार गर्ने बताउनुभयो । सर्वोच्च अदालत परिसरमा प्रहरीले कानुन व्यवसायीहरुमाथि गरेको दमनको भत्सर्ना गर्नुभएको छ। उहाँले प्रधानन्यायाधीश जबरालाई ‘अस्ताउँदै गरेको घामुको संज्ञा दिँदै बारले कुनै पनि हालतमा मान्यता नदिने बताउनुभयो ।

जबराबाट न्यायपालिका सञ्चालन हुन नसक्ने र बारले प्रधान्यायाधीशको रुपमा जबरालाई नचिन्ने पनि बताउनुभयो। यस्तै, उहाँले आफूहरुको आन्दोलन ‘ट्रेलरु मात्रै भएको बताउँदै ‘फूल पिक्चरु बाँकी रहेको भन्दै प्रहरी दमनको विरोध गर्नुभयो । नेपाल बारका ९० वटै इकाइबाट प्रधानन्यायाधीशविरूद्धको आन्दोलनमा सहभागी हुने आश्वासन भएको उल्लेख गर्दै कानुन व्यवसायीमाथिको दमनको विरोध गर्नुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार