
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनमा दंगा प्रहरी हटाउन कानुन व्यवसायीहरुले माग गरेका छन् ।बिहीबारको आन्दोलनमा ठुला–ठुला हतियार बोकेको दांगा प्रहरी परिचालन गरिएको भन्दै कानुन व्यवसायस्हरुले भोलिदेखि यस्तो नगर्न खबरदारी गरेका हुन् ।
आजको आन्दोलनको कार्यक्रमलाई सम्बोधन गर्ने गर्दै बार एसोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले हतियारसहितको प्रहरी हटाउन उनले माग गरे । यदि नहटाएको अवस्थामा प्रहरीको गोली खानसमेत तयार रहेको तर आन्दोलनबाट पछि नहट्ने बताए ।
“दंगा प्रहरी यहाँबाट हटाइयोस् । नहटाए गोली खान तयार छौँ । तर, आन्दोलन रोकिँदैन,” उनले भने ।आफूहरुको शान्तिपूर्ण आन्दोलनमा एसएलआर हतियारसहितको प्रहरी खटाइएको भन्दै कानुन व्यवसायीहरुले विरोध जनाएका छन् ।आन्दोलनका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन् । नागरिक खबरबाट