
बेनी । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको महाधिवेशन प्रतिनिधिकाे खुल्ला र समावेशी तर्फकाे अन्तिम मतपरिणम सार्वजनिक भएको छ ।
शुक्रबार राति मत गणना सकिएको हाे । महाधिवेशन प्रतिनिधि खुल्लातर्फ चिरञ्जीवी शर्मा ,जीवन कुमार मल्ल ,धनबहादुर छन्त्याल ,विक्रम बाेगटी ,नेत्र बहादुर महत ,मुकुन छन्त्याल ,रेशम बानियाँ,विपिन खड्का ,शिव केसी ,श्रीप्रसाद राेका मगर विजयी हुनुभएको छ ।
महाधिवेशन प्रतिनिधि महिलातर्फ खिम कुमारी पुर्जा ,देवी कुमारी बुढा ,धनकुमारी थापा ,विमला गौचन तथा आदिवासी जनजाति महिला तर्फ ओम कुमारी फगामी र पुनमकुमारी मगर विजयी हुनुभएको छ । यसैगरी आदिवासी,जनजाति अन्य तर्फ बमबहादुर पुन ,दिपेन्द्र श्रेष्ठ र भिमबहादुर रोका तथा दलित अन्यमा यामबहादुर हर्मेल विजयी हुनुभएको छ । जिल्ला सभापति सहित २५ जना केन्द्रिय महाधिवेशन प्रतिनिधि छनौट हुने व्यवस्था छ ।