
काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । दुवै नेताबीच आज विहान श्रेष्ठको निवासमा भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा समसामयिक राजनीतिक अवस्था र दुवै पार्टीबीच सहकार्यबारे छलफल भएको स्रोतले जनाएको छ ।केही दिन यता माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ । यसको पहल माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गर्दै आएका छन ।यसअघि शनिबार विहान विप्लव र अध्यक्ष प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको थियो । नागरिक खबरबाट