एमाले अध्यक्ष ओलीले सम्पादकहरुसँग छलफल गर्दै

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग छलफल गर्ने हुनुभएको छ । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गइरहेको बेला उहाँले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

मंगलबार दिउँसो २ बजे नयाँ बानेश्वरको अल्फाबिटा हाउसमा ओलीले सम्पादकहरुसँग छलफल गर्न लागेको एमाले नेता सूर्य थापाले जानकारी दिनुभयो।आजको छलफलमा उनले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनकै विषयमा केन्द्रित रहेर कुराकानी गर्ने बताइएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार