महाधिवेशनमा देशका सवारी साधनले बोक्न सक्ने जति जनसहभागिता हुन्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिस सहभागी हुने बताउनुभएको छ । राजधानीमा मंगलबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा १०/२० लाख जनसहभागिता जुटाउन सकिने भए पनि सवारी साधनको क्षमताले भ्याएसम्म मात्र मानिस चितवनमा उपस्थित हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालका सवारी साधनले बोक्न भ्याउने जति जनसमुदाय सहभागी हुनेछन्, ठुला सवारी साधन, लामो दुरीका सवारी साधनले बोक्न सक्नेसम्मको मानिस महाधिवेशनमा सहभागी हुन्छन् ।’ उहाँले अगाडि भन्नुभयो, ‘कति छ नेपालका बसहरुको क्यापेसिटी, एक पटकमा उनीहरुले कति बोक्न सक्छन् त्यस अनुसार सहभागिता हुन्छ । न्यूनतम् ५ लाख उपस्थित हुने अपेक्षा गरेका छौं ।’

कोभिडको समय भएकाले धेरै ठुलो संख्यामा विदेशी प्रतिनिधि भने महाधिवेशनमा सहभागी नहुने उहाँले बताउनुभयो । देश बनाउने योजना तथा कार्यक्रम विधान महाधिवेशनबाट पारित भइसकेका कारण ती नीतिको कार्यान्वयनका लागि कस्तो नेतृत्वको टीम निर्माण गर्न उपयुक्त हुन्छ भन्ने विषयमा बन्दसत्र केन्द्रित रहने उहाँले बताउनुभयो । दशौं महाधिवेशनले मुख्य रुपमा पार्टीको नेतृत्व निर्माण गर्ने उहाँको भनाइ थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार