एमाले महाधिवेशन : फेरि सचिवमै दोहोरिने योगेश भट्टराईको अपेक्षा

चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको दशौं महाधिवेशनमार्फत आफूले पुनः सचिवकै जिम्मेवारी सम्हाल्ने अपेक्षा गर्नुभएको छ । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले उम्मेदवारी घोषणा नभए पनि सचिवकै जिम्मेवारी पुनः सम्हाल्ने अपेक्षा गर्नुभएको हो ।

आफू भर्खरै चितवन आइपुगेको र देशभरबाट महाधिवेशन प्रतिनिधिहरू आउने क्रम सुरु भएको भन्दै उनले सबैसँग सल्लाह लिएर अघि बढ्ने जानकारी दिनुभयो । एमालेमा कार्यकारी भूमिका निर्वाह गर्न आफूसँग अझै १५ वर्ष बाँकी रहेकाले अहिले नै ठुलो पदमा पुग्ने आकांक्षा नराखेको उहाँको भनाइ थियो ।

उहाँले पार्टीभित्र अहिले पनि समूह रहेको तर त्यो समूह भनेको एमाले नै रहेको पनि बताउनुभयो । उहाँले महाधिवेशनको उद्घाटन सत्रलाई भव्य बनाइने र चितवनका हरेक घरमा उद्घाटन सत्रमा सहभागिताका लागि निमन्त्रणा पठाइएको जानकारीसमेत दिनुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार