‘साइबर सर्कल’लाई प्रदीप ज्ञवालीका चार टिप्स

काठमाडौँ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले ‘साइबर सर्कल’ का सदस्यलाई चार वटा टिप्स दिनुभएको छ । बुधबार राजधानीमा राष्ट्रिय युवा संघको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले चार टिप्स दिनुभएको हो।

पहिलो टिप्समा उनले ‘फोकस’लाई ध्यान दिन आग्रह गर्नुभयो । फोकस केमा गर्ने रु त्यो महत्त्वपूर्ण छ,’ उहाँले भन्नुभयो, ‘पार्टीका नीति, युवा संघका नीति, हाम्रो बाटो र हाम्रो विचारमा फोकस हुन जरुरी छ ।’ दोस्रो टिप्सका रूपमा उनले कतिपय विषयलाई ‘इग्नोर’ गर्न सुझाउनुभयो ।

‘कतिपय भ्रामक कुरा आउँछ, सर्कल ठुलो छैन र त्यसले धेरै ठुलो प्रभाव पार्न सक्दैन भने त्यसलाई इग्नोर गरिदिए हुन्छ,’ उहाँले भन्नुभयो, ‘नाम नचलेको अनलाइनमा समाचार आयो, दुई हजारले पनि हेर्दैनन्, त्यसमा आएको भ्रामक समाचारमा तपाईंले खण्डन गर्न थाल्नु भयो भने उल्टो मानिसले खोतलेर हेर्न थाल्छन् । त्यसैले त्यस्ता कुरालाई इग्नोर गरिदिए हुन्छ ।’

तेस्रो टिप्सका रूपमा उहाँले ‘तथ्यद्वारा खण्डन’ गर्न सुझाउनुभयो । पार्टी, पार्टीका नेताविरुद्ध भ्रामक कुरा आएमा तथ्यद्वारा खण्डन गर्नुपर्ने उहाँको भनाइ थियो । त्यसैगरी चौथो टिप्सका रूपमा उहाँले जनतामा आत्मविश्वास जगाउन सुझाव दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार