विप्लव भन्छन् –प्रचण्ड अध्यक्ष रहेसम्म माओवादी केन्द्रसंग एकता सम्भव छैन्

म्याग्दी । नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले प्रचण्ड अध्यक्ष रहेसम्म नेकपा (माओवादी केन्द्र )संग एकता सम्भव नरेहेको बताउनुभएको छ । । मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको बुधबार बेनीमा उद्घाटन सभालाई सम्बोधन गर्दै विप्लवले बाहिर हल्ला चले जस्तो माओवादी केन्द्र पार्टी संग तत्काल एकता सम्भव नभएको बताउनुभएको हो । ‘ बाहिर हल्ला चलेको छ प्रचण्ड र विप्लव विचमा एकता हुँदै छ ’, उहाँले भन्नुभयो, ‘एकता र सहकार्यको लागि नयाँ बिचार ,लक्ष्य र उद्धेश्यका बिषयमा छलफल हुनुर्छ ।’

उहाँले थप्नुभयो ,‘एकता आवश्यक छ तर पद र स्वार्थको लागि मात्र होइन् ,जनतालाई केन्द्रमा राखेर सोच्न र पुराना नेताहरुले नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्त राखेका छौं ।’‘प्रचण्डजीलाई भेटमा भनेको छु तपाई लामो समयसम्म पार्टीको अध्यक्ष बन्नुभयो , प्रधानमत्री भइसक्नुभयो त्यसैले पार्टीको जिम्मेवारी हाम्रो काँधमा छोडेर तपाई संरक्षक भएर बस्नुस् ,’उहाँले थप्नुभयो ।

सरकार संग भएका तीन बँुदे सहमति कार्यान्वयन नभएको भन्दै उहाँले गुनासो पाख्नुभयोे । साथै उहाँले तीन बुँदे सहमतिलाई लिएर बाहिर भ्रामक हल्ला फैलाइएको बताउनुभयो । ‘म अहिले तपाइहरुको बिचमा इमानपुर्वक भन्छु दुई चार करोड रुपैयाँ पैसा र सात वटा मन्त्रालय पाइएको थियो ,’ उहाँले भन्नुभाये ,‘केपीजीले सत्ता स्वार्थको लागि दर्जन बढी विद्येयक र अध्यादेश ल्याए, तर हाम्रा कमरेडहरुलाई जेलमा राखेर कानुनको बाधा छ भन्नुभयो ।’

उहाँले थप्नुभयो ,‘अहिले प्रचण्ड र शेरबहादुरजीहरुपनि तीन बँुदे सहमति कार्यान्वयनबाट भाग्न खोजिरहनुभएको छ ।’ वर्तमान सरकार भ्रष्टचारमा डुबेको आरोप लगाए । एनसेल विरुद्ध लड्न खोज्दा आफुहरुाई प्रतिबन्ध लगाएको बताउनुभयो । उहाँले देशमा संसदिय व्यवस्था असफल भएको भन्दै नयाँ व्यवस्थाको लागि जनमतमा जानुपर्ने बताउनुभयो ।

‘नेपालमा पँुजिपतिको संसदीय व्यवस्था असफल भइरसक्यो । जनताको व्यवस्था नभएपछि हरेक दिन देश संकटमा फस्दै जानु ,समस्यामा पर्नु अनिवार्य छ ,’ उहाँले भन्नुभयो ,‘दुई तिहाई हुँदा पनि सरकार ढल्यो ,संसद ढल्यो ,कानुहरु पनि लथालिङ्ग छ,तपाइ हामिले हेर्दै छौ अदालतमा कुटाकुट छ । त्यसैले यो व्यवस्था असफल भयो भनेका हौं ।’ उहाँले न्यायधिशहरुले संविधान हातमा लिएको आरोप समेत लगाउनुभयो ।‘पहिले हामिलाई तपाइले कानुन हातमा लिनुभयो भनेर प्रश्न सोध्ने न्यायधिशहरुले अहिले संविधान हातमा लिएका छन् ’,उहाँले भन्नुभयो ।

उहाँले नेपालमा मगर समुदायको ठुलो योगदान रहेको समेत उल्लेख गर्नुभयो । ‘मगर जातिको इतिहास हजारौं बर्षको छ । क्रान्तिका लागि ,देशको हरेक परिवर्तनका लागि र दोस्रो विश्व युद्धमा समेत मगर समुदायको ठुलो भुमिका छ ,’–उहाँले भन्नुभयो ,‘ विभिन्न कालखण्डमा शासकले खोसेको मगर जातिको पहिचान ,अधिकार ,भाषा र मगरात फिर्ता पाउनुपर्छ ।’

कार्यक्रममा नेकपा सचिवालय सदस्य सन्तोष बुढा मगरले देशको हरेक परिवर्तन र दोस्रो विश्वयुद्धमा समेत मगर समुदायको महत्वपुर्ण योगदान रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा उमा भुजेल ,रामबहादुर बिक ,अनेमसंघ क्रान्तिकारीका सचिव उसा घर्ति घिमिरे ,म्याग्दी जिल्ला सेक्रेटरी शुशिला बिक लगायत नेताहरुले बाेल्नुभएको थियो । तत्कालिन माओवादीले जनयुद्धमा बनाएको जमुक्ती सेना स्थापना तथा ८ मंसिर २०७१ सालमा नेकपा गठन भएको दिनको अवसर पारेर मोर्चाको सम्मेलन गरेका हुन् । तीन दिन सम्म सञ्चालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने संयोजक गमबहादुर श्रीस मगरले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार