
काठमाडौँ । नेकपा एमालेको आसन्न १० औँ महाधिवेशनमा अतिथीको रुपमा सहभागी हुनका लागि भारतीय जनता पार्टीको तर्फबाट पूर्व कन्द्रीय मन्त्री डा. हर्षवर्धन र सो पार्टीका सचिव हरिष द्विवेदी आउने भएका छन् ।
एमालेको महाधिवेशन भोलिदेखि चितवनीमा सुरु हुँदैछ । त्यसमा अतिथिको रुपमा सहभागी हुनका लागि एमालेले भाजपालाई निमन्त्रणा पठाएको थियो । निमन्त्रणालाई स्वीकार गर्दै भाजपाले हर्षवर्धन र हरिषलाई पठाएको छ ।
महाधिवेशनका लागि भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिस्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, लेनिनवादी लिवरेशन पार्टीका प्रतिनिधि पनि आउने निश्चित भएको छ । रातोपाटीबाट