
काठमाडौँ । एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकालले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शुक्रबारबाट सुरू हुन लागेको १० औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै ढकालले आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिनुभएको हो।
सहमतिमै नेतृत्व चयन गर्दा पनि पार्टीको नेतृत्वले विवेक पुर्याउनेमा आफू विश्वस्त रहेको बताउनुभएको उहाँले निर्वाचन जाँदा आफ्नो उम्मेदवारी सचिव पदमा उम्मेदवारी रहने बताउनुभएको हो ।
कार्यकर्ताको भावना सम्बोधन गर्न आफू सचिवमा उम्मेदवारी दिन लागेको बताएका महाधिवेशनको स्वास्थ्य समितिको संयोजक समेत रहेका ढकालले ढकालले भन्नुभयो, ‘मेरो मात्र हैन कार्यकर्ताको चाहना पनि म पार्टीको सचिव होस भन्नेछ । म सचिवका लागि योग्य पनि छु । प्रतिनिधिले चितवनबाट फर्किंदा एमालेको सचिवको रूपमा हेर्न चाहेका छन् । त्यसकारण म सचिवको उम्मेदवार हुँ ।’ रातोपाटीबाट