बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईं एमाले केन्द्रीय सदस्यमा !

चितवन । झापास्थित बिएन्डसीका अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।नेकपा माओवादी केन्द्र निकट देखिएका प्रसाईं केही अघिमात्र एमाले प्रवेश गर्नुभएको हो । प्रसाईंलाई केन्द्रीय कमिटीले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो ।

एमाले विधानले केन्द्रीय सदस्य बन्न पार्टीको संगठीत सदस्यता लिएको १० वर्ष पुगेको, केन्द्रीय विभाग वाा प्रदेश कमिटीमा काम गरेको वा जिल्ला कमिटीको पदाधिकारी भइसकेको वा जनसंगठनको पदाधिकारी भइसकेको योग्यता चाहिने भनेको छ ।

तर, प्रसाईंको भने यी कुनैपनि योग्यता पुग्दैन । प्रसाईंले भने आफू एकता प्रक्रियाबाट आएको र हजुरबा (उहाँको भाषामा केपी ओली)को आर्शिवादका कारण केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताउनुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार