
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको लहर ल्याउनका लागि आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताउनुभएको छ ।चितवनमा आज आयोजित पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अब चुनावको तयारीमा जुट्ने बताउनुभएको छ ।
ओलीले भन्नुभयो, ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’ एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको ओलीको दाबी छ । एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘यस देशको सर्वाभौम रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि, संविधान कार्यन्वयनका लागि, नेकपा एमालेले बहुमत ल्याउनुपर्दछ ।’ अध्यक्ष ओलीले अब ९ बर्ष भित्रै देशलाई दिगो विकासको लक्ष हासिल गर्नुपर्ने बताउनुभयो । नागरिक खबरबाट