
चितवन । नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पोखरेलले केही फरक मान्यता र परिवेशले माओवादी केन्द्र र एमाले अलग हुन पुगेको बताउनुभएको छ ।चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले तत्कालीन नेकपामा रहँदा देखिएका फरक मान्यता र परिवेशले माओवादी र एमाले अलग हुन पुगेका बताउनुभयो ।
राजनीतिक दलहरूको एकताले मुलुकमा निरंकुश राजतन्त्र अन्त्य भएको स्मरण गराउँदै उनले नेपाल कम्युनिस्ट आन्दोलनमा जनताको विश्वास रहेको भए पनि नेताहरूमा भएका संकीर्णताले असर गरेको बताउनुभयो । एउटै दलले मुलुकको विकास र समृद्धि गर्ने नसक्ने भन्दै उहाँले एकता, सहकार्यको नीतिले समाजवादी क्रान्तिले मुलुकको अवस्था परिवर्तन गर्ने बताउनुभयो । कम्युनिस्ट पार्टीको एकता आवश्यक रहेको भन्दै उहाँले अहिले नयाँ चुनौती र सम्भावना रहेको र महाधिवेशनमा सहभागी भएका नेताहरूले मनन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले एमाले महाधिवेशन र महाधिवेशनबाट चुनिने नेतृत्वको सफलताको शुभकामना दिनुभयो। नागरिक खबरबाट