
काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले भरत जंगमद्वारा लिखित भरत जंगम अभिनन्दनग्रन्थ, भरतांशु र भरत नामक दुई महाकाव्य सार्वजनिक गर्नुभएको छ ।
भ्रष्टविरोधी शास्त्रका प्रवर्तक तथा कालजयी व्यक्तित्व भरत जंगमको ७५ औँ जन्मोत्सवको अवसरमा हीरक महोत्सक मूल समारोह समितिले शुक्रबार काठमाडौमा आयोजना गरेको कार्यक्रमा उपराष्ट्रपति पुनले उक्त ग्रन्थ र महाकाव्य सार्वजनिक गर्नुभएको हो ।
भरत जंगम अभिनन्दनग्रन्थ ८ सय ४८ पृष्ठ लामो रहेको जानकारी दिइएको छ । कालजयी व्यत्तिलत्व भरत जंगमले धर्म, संस्कृति, भाषा साहित्य,पत्रकारिता, ऐन कानुन जस्ता विभिन्न माध्यमबाट भ्रष्टाचारविरोधी आन्दोलनहरु गर्दै आएका छन् । त्यस्तै भरत जंगमको ७५ औँ जन्मोत्सवको अवसरमा विभिन्न संघ संस्थाहरुले भरत जंगमलाई अभिनन्दन गरेको थियो । नागरिक खबरबाट