थप २१३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ३२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ सय २५ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ८ लाख २ हजार ४७ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ५६ रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार