नेपाली कांग्रेस केन्द्रीय सदस्यमा म्याग्दीका पुर्व सभापति बानियाँको उम्मेद्धारी घोषणा

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति तथा सविधानसभा सदस्य रेशमबहादुर बानियाँले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । शिर्ष नेता संगको भेटघाट र छलफपछि बानियाँले केन्द्रीय सदस्य पदमा उम्मेद्धारी दिने घोषणा गर्नुभएको हो ।

केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दिने बारेमा जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ सहित काठमाडौंमा रहेका महाधिवेशन प्रतिनिधि, जिल्लाका नेताहरूसँग समेत छलफल गर्नुभएकाे थियाे । जिल्ला नेतृत्व समेत उम्मेदवारीमा सकारात्मक देखिएपछि नेता बानियाँ अगाडी बढ्नुभएको हो ​।

बानियाँ संस्थापन इतरका वरिष्ठा नेता रामचन्द्र निकट हुनुहुन्छ । बि.स २०३६ सालमा भएको जनमत संग्रहबाट कलिलै उमेरमा राजनीतिमा होमिएका बानियाँ २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएको थियो ।

उहाँले २०४७ सालमा गठन भएको कांग्रेस जिल्ला तर्दथ समितिको सहसचिव, नेविसंघ जिल्ला सभापति, केन्द्रिय सदस्य हुदै २५ बर्षको कलिलै उमेरमा अर्थुङ्गे गाविसको अध्यक्षमा समेत निर्वाचित हुनुभएको थियो ।

पार्टीमा दुई कार्यकाल सचिब, दुई कार्यकाल उपसभापति हुदै एक कार्यकाल पार्टीको जिल्ला सभापतिको नेतृत्व समेत गरिसक्नुभएको छ।म्याग्दीमा हालै सम्पन्न जिल्ला अधिवेशनबाट नेता बानियाँ संस्थापन र इतर समुहको साझा उम्मेदवारको रुपमा महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको थियो । भोट दिएर सघाउन सबै महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । उहाँले पार्टीको केन्द्रीय सदस्यमा विजयी भएर सबल र सुदृढ कांग्रेस बनाउने अभियानलाई शसक्त ढंगले अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।केन्द्रीय महाधिवेशन यही मंसिर २४,२५, र २६ गते काठमाडौंमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार