देउवा–प्रचण्ड-माधवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा समसामयिक विषयमा कुराकानी भइरहेको स्रोतले बताएको छ । संवैधानिक निकायमा नियुक्ति, राजदूत नियुक्ति लगायत वपषयमा शीर्ष तीन नेताहरूबीच कुरा मिल्न सकेको छैन ।

नियुक्तिका विषयमा भागवण्डा मिलाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको स्रोतको भनाइ छ । भागवण्डा मिलेमा आजै मन्त्री परिषद बैठक राखी नियुक्तिको सिफारिस गर्ने तयारीमा देउवा छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार