काँग्रेस निर्वाचन समितिका संयोजक यादवको राजीनामा स्वीकृत

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार यादवको राजीनामा स्वीकृत गर्नुभएको हो ।

डडेल्धुराको अधिवेशनका सन्दर्भमा दबाब आएपछि यादवले राजीनामा दिनुभएको थियो । डडेल्धुरामा निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहको बहिष्कारका बीच जिल्ला अधिवेशन सम्पन्न भएको छ । मल्ल समूहले उक्त अधिवेशन मान्य नभएको भन्दै पुन अधिवेशन गराउन दबाब दिएको छ ।

मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन सुरु गरेको मल्ल समूहले केही दिनअघि यादवमाथि भौतिक आक्रमणको धम्की दिएको थियो । मल्ल समूहको धम्कीपछि यादवले संयोजकबाट राजीनामा बुझाएर पार्टी कार्यालय जान छोड्नुभएको थियो । यादवले काममा फर्किन नमानेपछि सभापति देउवाले उहाँको राजीनामा स्वीकृत गरेर निर्वाचन समितिका वरिष्ठ सदस्य गोपालकृष्ण घिमिरेलाई संयोजक तोकिएको छ ।

अब घिमिरे नेतृत्वको समितिमा सीताराम केसी, एकराज पोखरेल, तेजबहादुर रावल सदस्य गरेका छन् । समितिको सदस्य सचिवमा केशव रिजाल र जगन्नाथ श्रेष्ठले रहनुभएको छ । काँग्रेसले अगामी मंसिर २४–२६ गते १४ औं महाधिवेशन छ । जिल्ला अधिवेशन अन्तिम चरणमा पुगेको छ भने आगामी मंसिर २६ र २७ गते प्रदेश अधिवेशन हुनेछ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार