उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षणमा ज्यापु समुदायको योगदान महत्त्वपूर्ण : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा आदिवासी जनजाति ज्यापु समुदायको ठुलो योगदान रहेको बताउनुभएको छ । १८ औँ ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समितिका पदाधिकारीहरूसँगको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो।

निमन्त्रणा दिन पुगेका ज्यापु समुदायलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले विभिन्न समुदायले आफ्नो भाषा, भेष–भूषा, सम्पदा, संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए । यही आउँदो पुस ४ गतेका दिन बसन्तपुरमा भव्यतासाथ मनाउन गइरहेको ज्यापु दिवसमा प्रधानमन्त्री देउवालाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा स्वरूप बाजागाजासहित माटोको भाँडोमा चामल, चाँदीको सिक्का र सिङ्गो सुपारी राखी कोषका अध्यक्ष मङ्गलकृष्ण सिंले निमन्त्रणा दिनुभएको थियो ।

यसैक्रममा ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आइरहेको यःमरिपुन्हि/ज्यापुदिवसको पर्व बिदा विगत दुई वर्षदेखि सम्बन्धित जातिलाई मात्र दिने निर्णयलाई सार्वजनिक बिदामा परिणत गर्नको लागि सम्माननीय प्रधानमन्त्रीको समक्ष अनुरोध गर्नुभएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार