
चितवन । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएको केपी शर्मा ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बस्नुभएको छ ।
सोमबार विहान ओलीले उम्मेदवारी दर्ता गराउँदा उपाध्यक्षका उम्मेदवारी पौडेल प्रस्तावक बस्नुभएको छ भने महासचिवका उम्मेदवार पोखरेल समर्थक रहनुभएको छ । यसअघि एमाले अध्यक्षमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिनुभएको छ । योसँग ओली र रावलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।