
चितवन । नेकपा एमाले उपमहासचिव घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । भुसालले आज बिहान आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गर्नुभएको थियो । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।उपाध्यक्ष भीम रावलले पनि यसअघि आजै अध्यक्षमा उम्मेदवारी दिइसक्नुभएको छ । नागरिक खबरबाट