मौद्रिक नीतिको समीक्षा सकारात्मक : महत

काठमाडौँ । पूर्वअर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ ।

सोमबार मौद्रिक नीतिको समीक्षाको विषयमा प्रतिक्रिया दिँदै महतले कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आएकाले सकारात्मक रहेको बताउनुभयो । डा.महतले भन्नुभयो, ‘कोरोना महामारीका कारण उद्योग व्यवसाय क्षेत्रमा संकट छ । उद्योग व्यवसाय नै पलायन हुने गरी ठूलो क्षति भएको छ । महामारीले उद्योग व्यवसायमा मात्रै होइन हरेक क्षेत्रमा क्षति गर्यो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उद्योग व्यवसाय चलायमान बनाउनका लागि राहतका कार्यक्रम तथा सुविधाहरु व्यवस्था गर्नु आवश्यकता रहेको उहाँले बताउनुभयो । डा.महतले नेपालमा राष्ट्र बैंकले उद्योग व्यवसायलाई थप सेवा सुविधा सहज बनाउनको लागि केही वर्ष देखि मौद्रिक नीतिको व्यवस्था गरेको बताउनुभयो । यसरी राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका केहि सकारात्मक पक्ष रहेका र मौद्रिक नीति मार्फत आएका व्यवस्थालाई सबैले स्वभाविक मान्नुपर्ने महतले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार