उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशनबाट निर्वाचित हुने विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ता सकिएको झन्डै ४ घन्टापछि महाधिवेशनस्थलमा पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरिएको हो ।

निर्वाचन आयोगले केन्द्रीय कमिटी, अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनका लागि संशोधित कार्यतालिकासमेत प्रकाशित गरेको छ । नयाँ तालिकाअनुसार उम्मेदवार अन्तिम नामावली प्रकाशन अहिले ३ बजेसम्मलाई तोकिएको उल्लेख छ ।

पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी/विरोधलगायतका प्रक्रिया सुरू हुनेछछ । निर्वाचन समितिका अनुसार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरू गर्नेछ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार