घर र सहर बस्नेलायक हुनुपर्छः मन्त्री झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बस्ने घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताउनुभएको छ । सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परीक्षण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताउनुभएको हो।

मन्त्री झाँक्रीले नेपाल प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरो जस्ता समस्याले जोखिममा रहेको बताउनुभयो । उहाँले अहिले पनि नेपालको जनसख्याको ठूलो हिस्सा भूकम्प जस्ता प्राकृतिक प्रकोपको जोखिम स्थानमा बसोबास गरिरहेको बताउनुभयो। शिक्षालयहरुले जोखिम न्यूनीकरण गराउने जागरण ल्याउने गरि काम गर्न सके प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्न सकिने बताउनुभयो।

मन्त्री झाँक्रीले जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताउनुभएको छ । सरकारले यस विषयमा योजनाबद्ध विकास आवासको हक सुनिश्चित गर्ने उद्देश्यले सरकारको रहेको बताउनुभयो । २०७२ सालको भूकम्पबाट भत्किएका घर पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको समेत बताउनुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार