बेगखोलामा बोलेरो जीप दुर्घटना हुँदा ८ जना घाइते

म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा  दुर्घटना भएको स्थानीय ओमकुमारी फगामीले जानकारी दिनुभयो । जीपमा चालक सहित ८ जना सवार थिए ।

८ जना मध्य दुई जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी विरेन्द्र राज गुरुङले जानकारी दिनुभयो । साँझ करिब ५ बजेको समयमा दुर्घटना भएको हो ।घाइते सबै बेग बासी हुन् । घाइतेको उद्धार गरी बेनी अस्पताल ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार