कमल थापाले राप्रपाको एजेन्डालाई तहसनहस बनाए : धवलशमशेर राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले पार्टी अध्यक्ष कलम थापाले राप्रपाको एजेन्डा छोडेको आरोप लगाउनुभएको छ ।

काडमाडौँमा गरिएको साक्षात्कारमा कार्यक्रममा बोल्दै राणाले एजेन्डा नमिल्ने दलसँग मिलेर अध्यक्ष कमल थापाले राप्रपाको एजेन्डालाई तहसनहस बनाएको आरोप लगाउनुभएको हो । उहाँले राप्रपाको एजेन्डालाई तहसनहस पारेर गणतन्त्रवादीहरुले सत्ता चलाइरहेको अवस्थामा तीनै गणतन्त्रवादीहरुलाई पार्टी नेतृत्वले उत्कृष्ट भन्नु गलत भएको बताउनुभयो ।

उहाँले वर्तमान अध्यक्ष कमल थापाको परीक्षण भइसकेको र थापाको नेतृत्वमा पार्टी माथि उठ्न नसकेको भन्दै नेतृत्वमा दोहोर्याउन नहुने बताउनुभयो । जनताले राप्रपा हाक्ने नयाँ नेतृत्व खोजेको भन्दै त्यो नेतृत्व राजेन्द्र लिङदेनले हाक्ने दाबी गर्नुभयो । उहाँले कमल थापालाई जनताले पछ्याउने अवस्था नरहेकाले उहाँलाई नेता मानेर जनताको भोट आउला भन्ने विश्वास आफूमा नरहेको तर्क गर्नुभयो । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार