कांग्रेस बागलुङको सभापतिमा शेरचन निर्वाचित

बागलुङ । नेपाली कांग्रेस बागलुङको सभापतिमा जीत बहादुर शेरचन विजयी हुनुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत शनिबार पहिलो निर्वाचन भएको थियो । पहिलो निर्वाचनमा शेरचन, दोर्ण कुमार कुँवर र जगदीश चन्द्र उपाध्यायको उम्मेदवारी रहेको थियो ।

पहिलो पटकको मतदानमा शेरचनले ६८६, कुँवरले १६८ र उपाध्यायले सबैभन्दा बढी ७९० मत ल्याउनुभएको थियो। तिनै जना मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आइतबार पुनः मतदान भएको थियो । मंगलबार विहान सार्वजनिक मत परिणाम अन्र्तगत जीत शेरचनले ८७३ मत ल्याएर विजयी हुनुभएको हो । शेरचनलाई कुँवरले समर्थन गरेपछि विजयी भएको नेताहरुले बताउँछन् ।

उहाँको प्रतिस्पर्धी जगदिशचन्द्र उपाध्याले ७६८ मत ल्याउनुभएको प्रमुख निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो । जिल्ला उपसभापतिमा सागर छन्तयाल र तारानाथ पौडेल विजयी हुनुभएको छ । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गर्नुभएको थियो । यस्तै सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै सह सचिवमा फम बहादुर खत्री र ज्ञान कुमारी शर्मा श्रीस विजयी हुनुभएको छ । खत्रीले ८५५ र ८८० मत प्राप्त गरेर विजयी हुनुभएको निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।सभापतीका उपाध्यय वरिष्ठ नेता रामचन्द्र पौडेल र शेरचन संस्थापन पक्षबाट चुनावमा होमिनुभएको थियो । तर शेचरन सिटौला पक्षका नेता मानिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार